८ लाख क्षतिपूर्तिको सहमतिपछि उठ्ने भयो केएमसी कर्मचारीको शव

८ लाख क्षतिपूर्तिको सहमतिपछि उठ्ने भयो केएमसी कर्मचारीको शव

काठमाडौँ : विद्यालय प्रशासन केएमसी विद्यालयको होस्टेलमा मृत फेला परेकी युवतीको परिवारलाई ८ लाख रकम दिन राजी भएपछि शव उठ्ने भएको छ।

शनिवार बेलुका विद्यालयकी महिला कर्मचारीको शव विद्यालयको होस्टेलको एक कोठामा झुन्डिएको अवस्थामा फेला परे पनि आफन्त सहमत नभएपछि शव उठाउन सकेको थिएन।

आइतबार दिनभर भएको छलफलमा विद्यालय प्रशासन युवतीको परिवारलाई ८ लाख रुपैयाँ दिने सहमत भएपछि उनीहरू पनि शव उठाउन दिन सहमत भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

मृतकको परिवारको सहमतिपछि प्रहरी शव रहेको कोठामा गएर मुचुल्का उठाइरहेको छ। मुचुल्का सकिएपछि पोस्टमार्टमका लागि शव टिचिङ अस्पतालको पोस्टमार्टम गर्ने स्थानमा लैजाने तयारी भइरहेको छ।

काभ्रे तिमालकी २१ वर्षीया रमा रायमाझीको शव शनिवार बेलुका गर्ल्स होस्टेलको भुईँ तलामा झुन्डिएको अवस्थामा फेला परेको थियो। मृतकका आफन्तले रमाको हत्या भएको भन्दै विद्यालय अगाडि प्रदर्शन गर्दै प्रहरीलाई शव भएको स्थानमा जान दिएका थिएनन्।

असार १९, २०७९ आइतबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।