बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, आमा घाइते

बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु, आमा घाइते

काठमाडौँ : आइतबार बिहान बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ। आइतबार बिहान ११ः५० बजे बल्खुको तरकारी बजारमा गाडीको ठक्करबाट पाँच वर्षीय बालक आयुष बन्सुरको मृत्यु भएको हो।

प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टले घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

अनुसार बा१३च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिएको थियो।
 

असार १९, २०७९ आइतबार १८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।