आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना मुक्त भएका छन्। आज संक्रमणबाट मृत्युदर शून्य छ। हाल देशभर ३३३ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।
असार १९, २०७९ आइतबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।