प्रसिद्ध आरोही लालबहादुरले किर्गिस्तानको लेनिन पिकमा समाजवादीको झन्डा फहराउने

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अङ्कित झन्डा हस्तान्तरण गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा नेपालले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झन्डा दिएका हुन्।
सर्वोच्च शिखर सगरमाथा सहित साना-ठुला थुप्रै हिमालको सफल आरोहण गरिसकेका हिमाल आरोही जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेको र सो हिमालमा उनले एकीकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलम अङ्कित झन्डा फहराउने छन्।
एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रसिद्ध हिमाल आरोही हुन्। स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेदवार भएका उनले यस अघि २ पटक सगरमाथा आरोहण गरिसकेका छन्।
उनले मनास्लु हिमाल एक पटक,आमा डवलम ३ पटक पुमरी एक पटक, मेरा पिक ५ पटक सिङ्गा चुली एक पटक, टेनपिक २ पटक , दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एक पटक, आइसल्याण्डपिक एक सय २० पटक लवुजेपिक ३० पटक, सोलु पिक एक पटक, लाङसिसरी एक पटक, नयाँकाङ ३ पटक,एलापिक ३ पटक ,रमुदङ एक पटक, खाम्सेकु एक पटक गरेर २६ बढी हिमाल आरोहण गरिसकेका छन्।
उनले नेपालका बाहेक किर्गिस्तानको लेनिन पिक समेत आरोहण गरिसकेका छन्। झन्डा हस्तान्तरण कार्यक्रममा पाटीका स्थायी कमिटी सदस्य श्री प्रसाद साह, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ ,दोलखा पार्टीका जिल्ला कमिटी अध्यक्ष भीम दाहाल, युवा सङ्घका उपमहासचिव अशोककुमार दाहाल, युवा सङ्घका सचिवालय सदस्य टिकाराम खड्का, युवा सङ्घका केन्द्रीय सदस्य रामबहादुर खड्का समेत सहभागी थिए।
असार १९, २०७९ आइतबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।