आज एमाले सचिवालय बैठक बस्दै

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौंः एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको छ।

बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण लगायतमा छलफल हुनेछ।

यस्तै विभागहरूको काम व्यवस्थापनलगायतका सात कार्यसूचीमा छलफल र निर्णय हुने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए।

असार १९, २०७९ आइतबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।