केएमसी स्कुलमा मृत भेटिएकी रमाको शव उठाउन आफन्त मानेनन्, हत्या भएको आशंका

साङ्केतिक तस्बिर
काठमाडौंः काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ केएमसी स्कुल परिसरमा मृत अवस्थामा फेला परिन्। काठमाडौं बुद्धनगरको केएमसी स्कुलको क्यान्टिनमा डेढ वर्षयता कार्यरत रमा गर्ल्स होस्टलको एक कोठामा मृत भेटिएकी थिइन्।
हाल रमाको हत्या भएको भन्दै परिवारले मृतकको शव उठाउन दिएका छैनन्। आज बिहान १० बजे विद्यालय प्रशासन र आफन्तबीच छलफल हुँदैछ।
आफन्तले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्।
असार १९, २०७९ आइतबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।