आज बिहान बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते

आज बिहान बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौंः बबरमहलमा आज बिहानै कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। घाइते हुनेमा कार चालक भक्तपुर कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।

घाइते तीन जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ। घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको छ।

आज बिहानै पौने ३ बजे बा२च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।

असार १९, २०७९ आइतबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।