आईजीपी बढुवा विवाद: हेर्दाहेर्दैमा रहेको मुद्दाको आज चौथो सुनुवाइ

आईजीपी बढुवा विवाद: हेर्दाहेर्दैमा रहेको मुद्दाको आज चौथो सुनुवाइ

काठमाडौंः नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको रिटमाथि आज अन्तिम सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइ हेर्दाहेर्दैमा रहेको थियो।

सुनुवाइमा आज सरकारी पक्षका कानून व्यवसायीले बहस गर्नेछन्। यो मुद्दामा आज चौथो सुनुवाइ हुन गइरहेको हो। यसअघि जेठ ३०, असार ५ र असार १३ मा मुद्दाको सुनुवाइ भएको थियो।

मन्त्रिपरिषद्ले गत वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। भोलिपल्टै पोखरेलले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

पोखरेलले आफूभन्दा १७ महिना जुनियर सिंहलाई आईजीपी बनाएको भन्दै रिट दायर गरेका थिए।

असार १९, २०७९ आइतबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।