आज बागमती र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज बागमती र गण्डकी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहने भएको हो।
यतिबेला प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।
असार १९, २०७९ आइतबार ०७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।