अमेरिका हिँडेका नेपालीसहित ३ सय ६६ जना ट्रकमा भेटिए

एजेन्सी : अवैध रूपमा अमेरिका हिँडेका नेपालीसहित १६ देशका ३ सय ६६ जना मेक्सिको र अमेरिकी बोर्डरमा ट्रकमा फेला परेका छन्।
मेक्सिको नेशनल इमिग्रेसन इन्स्टिच्युटका अनुसार ट्रकमा नेपाल, बङ्गलादेश, भारत, यमन, उज्बेकिस्तान र दक्षिण अफ्रिकाकाका नागरिकहरू फेला परेका छन्।
ट्रकमा क्युबा, डोमिनिकन रिपब्लिक, बोलिभिया, अल साल्भाडोर, ग्वाटेमाला अनि भेनेजुएलाका नागरिक समेत भेटिएका छन्। कुल सङ्ख्या खुले पनि कुम देशका कति नागरिक भन्ने खुलाएको छैन।
मेक्सिकोका अधिकारीहरूले सडक किनारमा पार्क गरेर राखेको अवस्थामा ट्रक फेला पारेका थिए।
ट्रकमा कोचाकोच गरेर व्यक्तिहरू राखिएको थियो। उनीहरू नजिकैको सहरतिर हिँडेर गएका छन् भने केही भिसाका लागि कुरेर बसेका छन्।
केही दिन अगाडि अमेरिकाको सडक किनारमा लावारिस भेटिएको ट्रकभित्र शवहरू फेला परेका थिए।
असार १९, २०७९ आइतबार ००:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।