सुटकेसको ह्यान्डलै सुनको

सुटकेसको ह्यान्डलै सुनको

काठमाडौँ : बैंककबाट नेपाल एयरलाइन्सको उडानबाट नेपाल आइपुगे राकेश तुलाधर। उनी सुटकेस सहित आएका थिए। सुटकेसमा त्यस्तो शङ्कास्पद केही थिएन।

शुक्रवार बेलुका साढे आठ बजे आइपुगेका उनलाई भन्सारले भने छाडेन। कारण एक्सरेमा उनको सुटकेसमा शङ्कास्पद सामान रहेको सङ्केत गरेको थियो।

तर जति गरे पनि सामान भेटिएन। सुटकेसको सबै पार्ट हेर्दा पनि फेला नपरेपछि ह्यान्डलमा केही छ कि भन्ने शङ्का भयो।

भन्सार अधिकृतले सुटकेस उचाल्न प्रयोग हुने ह्याण्डिल साइडको भित्रपट्टि शङ्कास्पद धातु रहेको शङ्का लागेकाले सुटकेस च्यातेर हेर्दा ह्यान्डलमा सुन फेला पर्यो

५ इन्च लम्बाई र १ इन्च चौडाइको सुनको बारलाई कार्बन पेपरले र्यापिङ् गरी अड्काएर लुकाए राखेको सुनको तौल २६७.४ ग्राम रहेको कार्यालयले जनाएको छ।  

असार १८, २०७९ शनिबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।