बुटवलमा मोटरसाइकल चोरेर दाङमा बिक्री गर्ने आठ जनाको गिरोह पक्राउ

घोराहीः बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई दाङ प्रहरीले पक्राउ गरेको छ। चोरीका मोटरसाइकल दाङ ल्याएर बेच्ने आठ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका- ६ का १६ वर्षीय दुई किशोर, १७ वर्षीय दुई किशोर, १५ वर्षीय एक किशोर, र १९ वर्षीय अनिलसिंह ठकुरी, लक्ष्मण विष्ट र लमही नगरपालिका- ५ का बसीयमसिंह ठकुरी रहेका छन्।
उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए।
घोराही बजारसहित विभिन्न ठाउँबाट मोटरसाइकल चोरी भएपछि एसपी काफ्लेकै निर्देशनमा दाङ प्रहरीले अपरेशन चलाएको थियो।
असार १८, २०७९ शनिबार १३:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।