हिजो बुवासँग घुम्न गएका बालक बगेर बेपत्ता भए, आज शव भेटियो

झापाः कनकाई नगरपालिका- ८ स्थित पिकनिक स्पटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ। मृत्यु हुनेमा विर्तामोड नगरपालिका- १ अतिथि सदन टोल बस्ने नवीन ओलीका ६ वर्षीय छोरा सर्वजीत ओली रहेका छन्।
हिजो दिउँसो १ बजे बुवासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए। हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षिणमा बालक मृत अवस्थामा भेटिएका थिए।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको छ।
असार १८, २०७९ शनिबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।