माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

उदयपुरः त्रियुगा नगरपालिका- ३, मोतीगडा बस्ने २६ वर्षीय अजेय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। हिजो बेलुका साढे ६ बजे मल्लिक र उनको श्रीमती पुनिता मल्लिकले घरबाट तार टाँगेर गुहे खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेको थियो।

करेन्ट लागी बेहोस भएका अजेयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा साँझ पौने ७ बजे मृत्यु भएको हो।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार १८, २०७९ शनिबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।