निजगढ जाँदै देउवा, प्रचण्ड र नेपाल

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बाराको निजगढ जाँदैछन्। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको स्थलगत अवलोकन गर्न तीन नेताको टोली त्यतातर्फ जाने भएको हो।
निजगढ जाने टोलीमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि छन्। सर्वोच्च अदालतले उपयुक्त स्थानमा वातावरणीय क्षति न्यून हुनेगरी विमानस्थल निर्माण गर्न सरकारलाई सुझाव दिएसँगै आज उनीहरू त्यहाँको वस्तुस्थिति बुझ्न जान लागेका हुन्।
गत १२ जेठमा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो। सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरू त्यहाँ पुग्न लागेका हुन्।
असार १८, २०७९ शनिबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।