कस्तो रहला शनिबारको मौसम ?

कस्तो रहला शनिबारको मौसम ?

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

असार १८, २०७९ शनिबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।