राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा दुई देशका लागि राजदूत नियुक्त

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

असार १७, २०७९ शुक्रबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।