इलाममा जीप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर 

इलाममा जीप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर 

इलाम : इलाममा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जीप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन्। 

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको बताइएको छ। सडकबाट करिब ३०० मिटर भन्दा तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिए।

गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाम खुल्न बाँकी छ।

असार १७, २०७९ शुक्रबार १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।