रवी लामिछानेको 'राष्ट्रिय स्वतन्त्र पार्टी' निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह भने परिवर्तन
काठमाडौँ : रवी लामिछानेको प्रस्तावित 'राष्ट्रिय स्वतन्त्र पार्टी' लाई निर्वाचन आयोगले मान्यता दिएको छ। शुक्रबार आयोगले पार्टी दर्ता गर्दै निर्वाचन चिन्ह भने संशोधन गरेको छ।
उनीहरूले घन्टी प्रस्ताव गरेकोमा गोलाकारभित्र घन्टी स्वीकृत गरेको छ। लामिछानेले पार्टी दर्तापछि अब जनतामाझ जाने बाटो खुलेको बताए।
'अब स्वतन्त्र नामलाई लिएर विरोध गर्नुको अर्थ रहेन। घण्टी भने हामीले गोलाकारभित्रको बजाउन पाउने भएका छौँ' उनले भने। उनले दल दर्तापछि स्वतन्त्र अभियानसहित चुनावी तयारीमा लागेका सबैलाई स्वागत गर्न तयार रहेको बताए।
'हामीसँग मिल्न चाहने सबै स्वतन्त्र राजनीतिक अभियन्ताहरुलाई स्वागत गर्न तयार छौँ। अब हामी वार्ता थाल्छौँ', उनले भने, 'विचार मिल्ने व्यक्ति र समूहसँग संवादसँगै जनताको घर दैलोमा पुगेर चुनावी तयारी थाल्छौँ।' उनले आफ्नो पार्टीको केन्द्रीय कमिटीबारे केही खुलाएनन्।
असार १७, २०७९ शुक्रबार १७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।