बजेटसँग सम्बन्धित तीन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौंः राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन विधेयक पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।
राष्ट्रिय सभाबाट पारित उक्त विधेयक सन्देशसहित प्रतिनिधि सभा पठाइएको छ। राष्ट्रिय सभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधि सभाले पारित गर्नुपर्ने हुन्छ।
यसअघि आजको राष्ट्रिय सभा बैठक प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बहिष्कार गरेका थिए। बजेट प्रस्तुत गर्ने एक दिनअघि अनाधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरेको आरोप लगाउँदै एमाले सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
असार १७, २०७९ शुक्रबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।