हरिवनमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु

सर्लाहीः हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।
महेन्द्र राजमार्गमा ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो।
घाइते युवकलाई तत्कालै नजिकैको अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
असार १७, २०७९ शुक्रबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।