डोल्पामा जीप दुर्घटना, चालकको मृत्यु

डोल्पामा जीप दुर्घटना, चालकको मृत्यु
साङ्केतिक तस्बिर

डोल्पाः ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जीप दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जीप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार चालक डाँगी डाँडीबागाका बासिन्दा हुन्।

असार १७, २०७९ शुक्रबार १०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।