विस्फोटक ब्याट्सम्यान बट्लरले अब इङ्गल्याण्डको कप्तानी सम्हाल्ने

एजेन्सीः इङ्ग्ल्याण्ड क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टोलीका विस्फोटक ब्याट्सम्यान जस बट्लरलाई कप्तान नियुक्त गरेको छ। बट्लरले अब इङ्ग्ल्याण्डलाई एकदिवसीय र टी ट्वेन्टी क्रिकेटमा नेतृत्त्व गर्नेछन्।
सन् २०१९ को एकदिवसीय विश्वकप जिताएका कप्तान ओएन मोर्गनले यही साता मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि बट्लरलाई कप्तान नियुक्त गरिएको हो।
कप्तानमा नियुक्तिपछि बट्लरले सात वर्षसम्म उत्कृष्ट नेतृत्त्व गरेकोमा मोर्गनप्रति कृतज्ञ रहेको बताएका थिए। बट्लर यसअघि टोलीमा उपकप्तान थिए।
बट्लरको कप्तानीमा इङ्ग्ल्याण्डले पहिलो श्रृङ्खला यही महिना (जुलाई) भारतविरुद्ध खेल्नेछ।
असार १७, २०७९ शुक्रबार ०८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।