आजको मौसम: देशभर वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हो।
यतिबेला प्रदेश नं १, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानहरूमा भीषण वर्षाको समेत सम्भावना रहेको छ।
असार १७, २०७९ शुक्रबार ०७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।