उपराष्ट्रपतिको पहलमा प्रचण्ड-बाबुराम वार्ता, फर्किएलान् माओवादीमा !

काठमाडौँ : सहमतिमै जनता समाजवादी पार्टी छाड्ने तयारीमा रहेका डा बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अर्थपूर्ण भेट भएको छ।
अब कम्युनिस्ट रहिन भन्दै माओवादी छाडेर नयाँ शक्ति नेपाल गठन गरेका भट्टराई र प्रचण्डबिच छलफल गराउने पहल उपराष्ट्रपति नन्द किशोर पुनले गराएका हुन्। दुबैबिच उपराष्ट्रपतिकै सरकारी निवासमा भेट भएको हो।
दुवैको भेटमा भएको छलफलका विषय सार्वजनिक भएको छैन। डा बाबुराम आफू समर्थक सांसद र नेता लिएर जसपाबाट बिदा हुने तयारीमा छन्। उपेन्द्र यादव पनि किचलो गरेर बस्नुभन्दा बिदा गर्न नै राजी भएका छन्।
तत्कालीन माओवादी टुक्रा-टुक्रा भएपछि कमजोर बनेका प्रचण्ड पूर्व माओवादीलाई एकीकृत गर्ने अभियानमा लागेका छन्। यो बेलामा भएको भेटलाई बाबुरामको माओवादीमा फर्किने वातावरण निर्माणको अभ्यासको रूपमा हेरिएको छ।
तर बाबुरामले अब आफू वैकल्पिक राजनीतिक यात्रामा लागेको र कम्युनिस्ट नरहेको दाबी गरेकाले अहिलेकै माओवादीको संरचनामा फर्कन भने कठिन देखिन्छ।
असार १७, २०७९ शुक्रबार ०७:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।