बनेपामा अपाङ्ग बाल अस्पतालको बस दुर्घटनाः एक जनाको मृत्यु, ३८ घाइते

बनेपामा अपाङ्ग बाल अस्पतालको बस दुर्घटनाः एक जनाको मृत्यु, ३८ घाइते

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। 

कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। 

उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ। घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपाङ्ग बाल अस्पतालमा नै उपचार भइरहेको छ। घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

असार १६, २०७९ बिहीबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।