नवनियुक्त भारतीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले ओहदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन्।
निर्वतमान राजदूत विनय मोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतको रुपमा पठाएको हो।
असार १६, २०७९ बिहीबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।