आइएमइ पेमा जोडिए २३ बिमा प्रदायक, एनएलआइसीको किस्ता तिर्नेलाई नयाँ अफर

आइएमइ पेमा जोडिए २३ बिमा प्रदायक, एनएलआइसीको किस्ता तिर्नेलाई नयाँ अफर

काठमाडौँ : 'आइएमई पे'ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूलाई नयाँ अफर ल्याएको छ।

आइएमई पे एपको 'प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ' अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एनएलआइसिको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यास ब्याकको साथै हरेक दिन १ विजेताले २ वटा चन्द्रागिरि केबलकार टिकट जित्ने कम्पनीले जानकारी दिएको छ।

आइएमइ पे हालसम्म नेपालको २३ वटा बिमा प्रदायकको भुक्तानी साझेदार बनिसकेको छ।  केवाइसी रुझूँ भएको प्रयोगकर्ताहरूले बिमा किस्ताको भुक्तानी नियमित (ड्यु डेट) भित्र वा नियमित पछिको ७ दिनभित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यास ब्याक तथा अरू उपहार जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।

असार १६, २०७९ बिहीबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।