बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त लामा बालुवाटारबाट पक्राउ
काठमाडौँ : प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका –९ स्थायी घर भई हाल ललितपुर महानगरपालिका पुल्चोक बस्ने ४९ वर्षका लाम्गेल दोर्जे लामा रहेका छन्।
काठमाडौँ जिल्ला अदालतले २०७७ साल माघ २५ गते लामालाई एक करोड २० लाख जरिवाना र दुई वर्षको जेल सजायको फैसला गरेकोमा उनले कैद र जरिवाना नतिरी फरार भएका थिए।
लामालाई बुधबार बालवाटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ।
असार १६, २०७९ बिहीबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।