बाबुरामले नयाँ दल खोल्ने, उपेन्द्रले सघाउने

काठमाडौँ : पार्टीमा बढेको विवादबारे सहमति हुन नसेपछि डा बाबुराम भट्टराई र उपेन्द्र यादव सहमतिमै अलग हुने भएका छन्।
हस्ताक्षर सङ्कलन गरेर एकले अर्कालाई कारबाही गर्ने तयारी रहेका नेताहरू अन्तमा सहमतिमै अलग हुन सहमत भएका हुन्। सहमतिमा बाबुरामले नयाँ दल दर्ता गर्ने, सांसदहरूलाई दल छान्ने स्वतन्त्रता दिने उल्लेख छ।
दुबैबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको दाबी गरिएको छ। माओवादी छाडेर बाबुरामले नयाँ शक्ति नेपाल दर्ता गरेर राजनीतिमा सक्रिय थिए। उनी यादवसँग मिलेर सङ्घीय समाजवादी फोरम हुँदै जनता समाजवादी पार्टी बनेको थियो।
प्रारम्भमा महन्थ ठाकुर समूह बाहिरिएपछि डा बाबुरामले मधेस, पहाड र हिमालको समान प्रतिनिधित्व हुने गरी तीन अध्यक्ष बनाउने, मधेस केन्द्रित दलको छविलाई राष्ट्रिय बनाउने लगायतका प्रस्ताव लगेका थिए। तर त्यसलाई यादवले वास्तै गरेनन्।
यादवलाई हटाउन हस्ताक्षर अभियान चलाए पनि सङ्ख्या नपुगेपछि पार्टी विभाजनमा भट्टराई सक्रिय भएपछि केही नेता ब्याक भए। अनि कानुनी रूपमा पार्टी विभाजन गर्ने सङ्ख्या नपुगेपछि बाबुरामले कारबाहीबाट जोगिन सहमतिमै छुट्टिने प्रस्ताव राखेका थिए। यादवले उनको प्रस्ताव स्वीकार गरिसकेको जसपा स्रोतले बतायो।
असार १६, २०७९ बिहीबार १२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।