कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटना

काठमाडौं :  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना भएको छ। सडकबाट चिप्लिएर छेउमा पुगेको गाडी ढुंगामा ओत लागेर ठूलो क्षति हुनबाट भने जोगिएको थियो।

रामेछापको गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा१९च १८३९ नम्बरको स्कारपियो गाडी कच्ची सडकमा चिप्लिएर छेउमा पुगेको थियो।

छेउमा ढुंगाको ओत लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताए। उनले भने, 'बाटो चिप्लो भएका कारण गाडी सडक छेउबाट तल खस्न लागेको थियो। ढुंगाको ओत लागेर खस्न पाएन। हामी सबै जना सकुशल छौं,’ उनले भने।

ओखलढुंगा गएको गुरूङसहितको टोली काठमाडौं फर्कने क्रममा दुर्घटनामा परेका थिए। गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए।

असार १६, २०७९ बिहीबार १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।