आज शेखर कोइराला पक्षको छुट्टै बैठक

आज शेखर कोइराला पक्षको छुट्टै बैठक

काठमाडौं : कांग्रेस नेता शेखर कोइरालाले आफू पक्षका नेताहरूको छुट्टै बैठक बोलाएका छन्। आज दिउँसो २ बजे कोइरालाले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफू निकटका नेताहरुको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका काम-कारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेका बेला कोइरालाले संस्थापन इतरका नेताहरुको छुट्टै भेला गर्न लागेका हुन्।

गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशन भएपछि गठन गर्नुपर्ने विभाग र समितिहरुलाई सभापति देउवाले पूर्णता दिएका छैनन्। 

विधानअनुसार ६ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि कोइराला पक्षाबाट उनको आलोचना भइरहेको छ।

कोइरालाले आज राखेको भेलामा यिनै विषयले पनि प्रवेश पाउनेछ कांग्रेसका एक नेताले बताए। अब हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारीबारे पनि भेलामा छलफल हुने बताइएको छ।

असार १६, २०७९ बिहीबार ०८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।