लुकाकु एकै वर्षमा चेल्सीबाट इन्टर फर्किए

काठमाडौं : बेल्जियमका स्टार फर्वार्ड रोमेलु लुकाकु इन्टर मिलान नै फर्किएका छन्। उनी इन्टरबाट क्लब चेल्सी गएको एक वर्षमात्र भएको छ।
एकै वर्षमा पुरानै क्लब फर्किएका लुकाकुलाई हिजो राति मात्र इन्टरले अनुबन्ध गरेको हो। उनी चेल्सीबाट इन्टर लोनमा फर्किन लागेका हुन्। इन्टर लुकाकुका लागि करिब ८० मिलियन युरो लोन शुल्क तिर्न सहमत भएको छ।
लुकाकुलाई चेल्सीले गत वर्ष कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो। लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गरेका थिए।
लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए। यस्तै २६ प्रिमियर लिगमा ८ गोल गरेका थिए।
असार १६, २०७९ बिहीबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।