भक्तपुरमा पर्खाल भत्किएर पुरिँदा एक जनाको मृत्यु
भक्तपुर : सूर्यविनायक नगरपालिका–१० चित्तपोल लाकुरीस्थित कान्छा श्रेष्ठको घरआँगनमा लगाएको १२ फिट अग्लो पर्खाल भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ।
आज साँझ वर्षाका कारण पर्खाल भत्किएर पुरिँदा बाटोमा हिँडिरहेकी सोही ठाउँ बस्ने ६६ वर्षीया नारायणदेवी थापाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
घटनाका बारेमा महानगरीय प्रहरीवृत्त जगातीको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको उनले जानकारी दिए।
असार १५, २०७९ बुधबार २२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।