आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
 

असार १५, २०७९ बुधबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।