विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न नेमकिपाको संशोधन प्रस्ताव

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न नेमकिपाको संशोधन प्रस्ताव

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गर्दै विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था राख्न संशोधन प्रस्ताव दर्ता गरेका छन्।

विधेयकको प्रस्तावनामै विदेशमा सम्पत्ति राख्न नपाउने भनेर उल्लेख गर्न माग गर्दै उनले संशोधन प्रस्ताव पेस गरेका हुन्।

‘नेपालीको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तित्व विकासमा समान अवसरको लागि विदेशमा सम्पत्ति राख्न नपाउने, सम्पत्तिको सीमा निर्धारण गरी सामाजिक सुरक्षा गर्नु वाञ्छनीय भएकोले’ सांसद सुवालले गरेको संशोधन प्रस्तावमा लेखिएको छ।

संविधान निर्माणकै क्रममा नेमकिपाले ‘नेपाली नागरिकको सम्पत्तिको सिमाङ्कन गरिने, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरिने र जमिनमा जोत्नेको हक हुने’ भन्ने संशोधन प्रस्ताव दर्ता गरेको थियो तर पास भएन।

 

असार १५, २०७९ बुधबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।