बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पन्त सिनामंगलबाट पक्राउ
काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआईबी)बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन शिवनगर गा.वि.स. वडा नं.८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२ बस्ने ४१ बर्षीया बबिता पन्त पौडेल रहेकी छन्।
उच्च अदालत पाटनको २०७१–१०–२९ को फैसलाले वैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा १ महिना कैद र दश लाख रुपैंया जरिवाना भई फरार रहेकी उनलाई सिआईबीको टोलीले मंगलबार काठमाडौँको सिनामंगलबाट पक्राउ गरेको हो।
पन्तले जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी जानी जानी अनुचित लाभ लिई कर्जा दिई वैकिङ श्रोत,साधन र सम्पतिको दुरुपयोग गरेको अदालतले फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
असार १५, २०७९ बुधबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।