सुनको मूल्य एक सयले बढ्दा चाँदी १५ रुपैयाँले घट्यो

सुनको मूल्य एक सयले बढ्दा चाँदी १५ रुपैयाँले घट्यो

काठमाडौं : आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ। 

आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो महासं३ले जनाएको छ। 

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

असार १५, २०७९ बुधबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।