लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा दिइन्

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। ओलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले मन्त्री ओलीले राजीनामा दिएको बताए। 

प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर लफडा गरेको भन्दै ओली विवादमा तानिएकी थिइन्।

दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनीमाथि छानबिन भइरहेको छ।

असार १५, २०७९ बुधबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।