बाटुवाटारमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं : बालुवाटारको एकटा भवनमा लागेको आगो तीन घन्टापछि नियन्त्रणमा लिइएको छ।
बुधबार बिहान उक्त भवनमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा दकमक प्रयोग गरी नियन्त्रणमा लिइएको हो।
सुनौलो परिवार कार्यालय रहेको भवनमा आज बिहान करिब ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो भवनमा औषधिको गोदाम थियो। क्षतिको विवरण भने आइसकेको छैन।
असार १५, २०७९ बुधबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।