अमेरिकन पेस्तोलसहित युवक पक्राउ

काठमाडौं : जनकपुरधामबाट पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असार १५, २०७९ बुधबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।