आज मानो रोपेर मुरी फलाउने पर्व : दही-च्युरा खाएर मनाइँदै

काठमाडौं- आज असार १५ अर्थात् धान दिवस। मानो रोपेर मुरी फलाउने पर्वका रूपमा अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ ।
असार १५ का दिन एक पटक हिलो टेक्नु भन्ने मान्यता छ। खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ।
हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन्।
रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने चलन छ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गर्छन्।
२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि नेपालमा राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
असार १५, २०७९ बुधबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।