थाइल्याण्डका दुई उपप्रधानमन्त्रीलाई कोरोना

बैङ्कक : थाइल्याण्डका दुई उपप्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार उपप्रधानमन्त्रीद्वय अनुतीन चार्नविराकुल र जुरिन लक्सानाभिसित सङ्क्रमित भएका हुन्।
सङ्क्रमित भएका उपप्रधानमन्त्री अनुतीनले सार्वजनिक स्वास्थ्य मन्त्रालयको जिम्मेबारी समेत सम्हालेका छन् भने जुरिनले व्यापार मन्त्रालयको कार्यभार लिएका छन्।
उनीहरु दुवै जना विदेश भ्रमणबाट फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ। उनी छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन वैदेशिक भ्रमणमा गएका थिए। अनुतीन जेनेभा गएका थिए भने जुरिन बेलायत गएका थिए।
दुवै उपप्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता आइसोलेसनमा बस्न सिफारिस गरिएकाले उनीहरु अहिले आइसोलेसनमै छन्।
असार १५, २०७९ बुधबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।