आज देशभर भारी वर्षा, सचेतता अपनाउन आग्रह

काठमाडौं : मनसुनी वायुको प्रभावका कारण आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुको प्रभावका कारण अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातिदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन।
देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यो अवस्था दिनभरि नै रहनसक्ने सम्भावना रहेकोले सचेत रहन पनि महाशाखाले अनुरोध गरेको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
असार १५, २०७९ बुधबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।