चिकित्सक कुट्ने ललितपुरका पाँच ट्राफिक प्रहरी कारबाहीमा तानिए

चिकित्सक कुट्ने ललितपुरका पाँच ट्राफिक प्रहरी कारबाहीमा तानिए

काठमाडौँ : चिकित्सक कुटेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरका पाँच जना प्रहरी कारबाहीमा तानिएका छन्। ललितपुर पुल्चोकको आरोग्य प्रतिष्ठानका चिकित्सक कुलबहादुर घिसिङलाई कुटेको आरोपमा पाँच जना ट्राफिक प्रहरी कारबाहीमा तानिएका हुन्।

अस्पतालबाट फर्किएर पैदलै घर जानेक्रममा चेकपोइन्टमा बसेका प्रहरीले डा. घिसिङलाई कुटेको भन्दै निवेदन परेपछि अनुसन्धानका लागि ट्राफिक प्रहरी जवान राजेन्द्र थापासहित पाँच जनालाई कारबाहीका लागि तानिएको हो।

ललितपुरले पाँचै जनालाई कारबाहीका लागि ट्राफिक महाशाखा पठाएको छ। आफू पैदलै हिँडिरहेको बेलामा हिँड्न आउँदैन भनेर प्रहरीले कुटेको चिकित्सकको दाबी छ भने कुम ठोकाउँदै हिँडेपछि किन यसरी हिँडेको भन्दा मोवाइलले खिच्न थालेपछि मोबाइल खोस्दा नाकमा लागेको प्रहरीको दाबी छ।

नेपाल चिकित्सक सङ्घले समेत विज्ञप्तिमार्फत चिकित्सकमाथि कुटपिट भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ।

असार १४, २०७९ मंगलबार २२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।