पार्टी भित्रका विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी सत्ता चलाउन तयार पार्टी रहेको बताएका छन्। पार्टीको केन्द्रीय परिषद्को बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी सरकार चलाउन सक्षम रहेको बृफिङ गरेका हुन्।
सांगठनिक तथा राजनीतिक प्रतिवेदन माथी उठेका प्रश्नको जवाफ दिदै उनले भने, भोलि सत्ता चलाउन तयार शक्ति हौं। नीतिको बारेमा कुनै दुविधा हुनुपर्ने छैन। पुँजीवाद समस्या हो। समाजवाद जनताको हितमा हो। हामीले जनतामैत्री नीति लिएर जानुपर्छ।
उनले पार्टी भित्रका सबैकुरालाइ वार्ताको माध्यमबाट हल गर्नुपर्नेमा जोड दिए।
असार १४, २०७९ मंगलबार २०:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।