समाजवादी पार्टी क्रान्ति र रूपान्तरणको यात्रामा छ : नेता खनाल

समाजवादी पार्टी क्रान्ति र रूपान्तरणको यात्रामा छ : नेता खनाल

काठमाडौँ : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको एमाले नवौँ महाधिवेशन अघिको पार्टी नरहेको बताएका छन्। पार्टीको केन्द्रीय परिषद्को बैठकमा केपी ओलीका कारण तत्कालीन नेकपा सिंगो पार्टीले पीडा खेप्नुपरेको बताए। 

केपी ओलीकै कारण धेरै कुरा अघि बढ्न सकेनन्। ओलीकै कारण सिंगो पार्टी पंक्तिले पिडा लियो’ उनले भने, केपी ओली गुटले देश गलत दिशामा लगिरहेको छ। छदाखाँदाको एकीकृत पार्टी पनि फुट्यो।

क्रान्तिकारी पार्टीको रूपमा हामी यो पार्टीलाई अघि बढाउन पर्छ। अहंकारवाद लगायतका तमाम चिजले समस्या भएको छ। वैज्ञानिक समाजवादका लागि हामीले सोच्नुपर्छ। हाम्रा स्वतन्त्र नीति, आत्मसात् गर्ने यात्रा आवश्यक पर्छ। संयुक्त मोर्चाबाट मात्र पार्टी बन्दैन। हामी समाजवादी क्रान्ति र रूपान्तरण को यात्रामा छौँ।
 

असार १४, २०७९ मंगलबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।