एसपीपीका सन्दर्भमा अमेरिकन एम्बेसीले सत्य बोलोस् : केपी ओली

एसपीपीका सन्दर्भमा अमेरिकन एम्बेसीले सत्य बोलोस् : केपी ओली

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा गरिएको पत्राचार गरेको पत्रमा चलानी हातले लेखेको भन्दै सत्य तथ्य बाहिर ल्याउन अमेरिकी दूतावासलाई आग्रह गरेका छन्। 

मदन भण्डारीको जयन्तीका अवसरमा मंगलवार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दे पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली ओलीले एसपीपीमा केपी ओलीलाई मुछ्नका लागि टिपेक्स लगाएर,चलानी नम्बर हातले लेखेको पत्र बाहिर ल्याइएको बताएका हुन्। 

उनले यसबारेमा अमेरिकी दूतावासले प्रस्ट पार्नुपर्ने बताएका छन्।

उनले भने, असोज २ मा संविधान जारी भयो ६ गते प्रधानमन्त्री तथा रक्षामन्त्री सुशीला कोइराला भएका बेला सेनालाई स्वीकृति दिइयो। म प्रधानमन्त्री असोज २६ गते भएँ, मलाई थाहा नदिई कात्तिक १० मा सेनापतिको पत्र गयो भनिएको छ। तर त्यो पत्रको चलानी नम्बर टिपेक्स लगाएर हातले लेखिएको छ। पठाएको पत्रमा पनि हातले केरमेट गरेको छ। टिपेक्स लगाएर मेटेर हातले लेखिएको स्पष्ट हुन्छ। म सरकारलाई टिपेक्स नलगाएको ओरिजनल पत्र देखाउन चुनौती दिन्छु।
 

असार १४, २०७९ मंगलबार १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।