गैंडाको खाग तस्करी मुद्दाका फरार प्रजा हेटौँडाबाट पक्राउ

काठमाडौँ : संरक्षित वन्यजन्तु गैंडाको खाग ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। चितवन कालिका नगरपालिका–९ शक्तिखोरका ४१ वर्षीय रामकुमार प्रजालाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।
कुख्यात वन्यजन्तु तस्करको रुपमा चिनिने प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो।
उनीविरुद्ध गैंडा चोरी सिकारीका ४ वटा मुद्दा लागिसकेका छन्। प्रजाविरुद्ध पछिल्लो समय चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले जाहेरी दिएका थिए। ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दर सिंह प्रजाको समूहले गैडाको सिकार गरी खाग बिक्रि वितरण गर्ने गरेको भन्दै मुद्दा दायर भएको थियो।
उनलाई आवश्यक कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन पठाइने प्रहरीले जनाएको छ।
असार १४, २०७९ मंगलबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।