नेप्से ओरालो लाग्दा पनि सात करोड ३१ लाख कारोबार भयो एसियन लाइफको

काठमाडौँ : साताको दोस्रो दिनबाट ओरालो लाग्न थालेको सेयर बजारको यात्रा तेस्रो दिनमा पनि उस्तै रह्यो। साताको पहिलो दिन आइतबार परिसूचक बढ्दा लगानीकर्ताहरू उत्साहित भएका थिए। दोस्रो दिन नेप्से इन्डेक्स झरे पनि कारोबार रकम भने बढेको थियो। तेस्रो दिन इन्डेक्स पनि ओरालो लाग्यो अनि कारोबार रकम पनि।
मङ्गलवार नेप्से परिसूचक ११.८२ अङ्क घटेर १९२१.३१ विन्दुमा झर्यो। सेन्सेटिभ इन्डेक्स ३.२२ अङ्क, फ्लोट इन्डेक्स ०.७५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अङ्क घट्यो।
मङ्गलवार बैंकिङ्ग र जीवन बिमा उपसमूहको परिसूचक बढ्यो। विकास बैङ्क, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूह लगायत ११ वटा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
मङ्गलवार २३० स्टकको २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री मात्र भयो।
सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो लघुवित्तको शेयर मूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो। उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ७.७४ प्रतिशत बढ्यो।
लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ५.७३ प्रतिशत घट्यो भने जनरल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो लगायतका स्टकहरूको मूल्य ४ प्रतिशतभन्दा बढी बढ्यो।
कारोबार रकमका आधारमा एसियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। मङ्गलवार यसको ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र नागरिक लगानी कोषको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको नेप्सेको रेकर्डमा देखिन्छ।
असार १४, २०७९ मंगलबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।